Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७९ बिहिवार • २०:०७:१४ बजे
  • 334
    SHARES
  • मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

    निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट नै शुरु गर्ने जनाएको छ ।

    images

    बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन् ।

    उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु गर्ने बताए । उनले भने, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु हुन्छ ।’

    प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने आयोगले जनाएको छ ।

    समानुपातिकतर्फको मतपत्र भने छपाइ सकिएको छ । अघिल्लो निर्वाचनहरूमा उमेदवारको अन्तिम नामावली अघि नै मतपत्र छपाइ हुने गरेको थियो । यो निर्वाचनमा भने उमेदवार भएका चिह्न मात्रै मतपत्रमा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # ४९५ प्रकारका छापिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology