Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आगामी निर्वाचनमा नेकपा एमालेले एकल बहुमत पाउने सम्भावना न्यून

आगामी निर्वाचनमा नेकपा एमालेले एकल बहुमत पाउने सम्भावना न्यून

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • ११:०५:४९ बजे
  • 484
    SHARES
  • आगामी निर्वाचनमा नेकपा एमालेले एकल बहुमत पाउने सम्भावना न्यून

    आगामी निर्वाचनमा प्रदेश सभातर्फ राजनीतिक दलले सातवटै प्रदेशमा एकल बहुमत पाउन कठिन देखिएको छ ।

    images

    सातवटै प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलका उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा दलले एकल बहुमत पाउने सम्भावना न्यून देखिएको हो ।

    २०७४ मा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुँदा छवटा प्रदेशमा तत्कालीन नेकपाले बहुमत पाएको थियो । हाल नेकपा विभाजन भई तीनवटा दल गठन भएका छन् ।

    विभाजित दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा नेकपा एमाले कमजोर बनेको छ ।

    स्थानीय तहको निर्वाचनको परिणामले समेत उक्त तथ्यलाई पुष्टि गरिसकेको हो । गत वैशाख ३१ मा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमाले २०५ स्थानीय तहको प्रमुख पदमा सीमित हुन पुग्यो ।

    कांग्रेसले ३२९ स्थानीय तहको प्रमुख पद जिते पनि एकल बहुमत आउने गरी उसले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको छैन ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology