Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचन खर्च निगरानीमा गुप्तचर र प्रहरी

निर्वाचन खर्च निगरानीमा गुप्तचर र प्रहरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • ११:११:१९ बजे
  • 436
    SHARES
  • निर्वाचन खर्च निगरानीमा गुप्तचर र प्रहरी

    निर्वाचन आयोग निर्वाचन खर्चको पालनामा कठोर बनेको छ । यस पटकको निर्वाचनमा आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको निगरानी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीमार्फत् गर्न लागेको हो ।

    images

    सीमाभित्र रही खर्च गरे–नगरेको र आचारसंहिता पालना भए–नभएको सम्बन्धमा ‘तल्लो’ तहबाटै निगरानी गर्नुपर्ने ठहर आयोगले गरेको हो । त्यसका लागि विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत प्रहरी र विभागलाई लेखी पठाउने निर्णय गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । खर्च अपारदर्शी भएपछि निर्वाचन महँगिदै गएको टिप्पणी हुँदै आएको छ ।

    स्थानीय निर्वाचनमा १ लाख २३ हजार ६ सय २४ उम्मेदवारले कानुनअनुसार खर्चको विवरण बुझाएका थिएनन् । आयोगले आचारसंहिता पालनामा कडाइ गर्दै उनीहरूलाई हालै जरिवाना तोकेको छ ।

    आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोेकेको छ । प्रदेशसभा सदस्यतर्फ १५ लाखदेखि २३ लाखसम्म सीमा तोेकिएको छ ।

    प्रवक्ता पौडेलले आचारसंहिता कडाइका साथ कार्यान्वयनका लागि खर्चको निगरानी प्रहरी र अनुसन्धान विभागका स्थानीय संरचनामार्फत गर्ने निर्णय समितिले गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन खर्च निगरानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology