Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

१० वर्षपछि नयाँलाई ठाउँ दिएर बाटो लाग्छु : गगन

१० वर्षपछि नयाँलाई ठाउँ दिएर बाटो लाग्छु : गगन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • ११:२१:३८ बजे
  • 322
    SHARES
  • १० वर्षपछि नयाँलाई ठाउँ दिएर बाटो लाग्छु : गगन

    कांग्रेस महामन्त्री गगन थापाले आफूले अब १० वर्षपछि नयाँ मान्छेलाई ठाउँ दिने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

    images

    उनले सामाजिक सञ्जालमार्फत १० वर्षपछि आफूले मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।

    उनी अहिले काठमाडौं ४ का उमेदवार पनि हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ ।

    उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् । गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।’

    आफूहरुलाई बुढाहरुले रोकिरहे पनि सक्दो काम गरिरहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # १० वर्षपछि नयाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology