Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : प्रचण्ड

गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७९ शुक्रवार • २०:३९:२४ बजे
  • 391
    SHARES
  • गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् ।

    images

    माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।

    ‘म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो’, अध्यक्ष प्रचण्डले भने, ‘यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।’ उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताए ।

    ‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो’, उनले भने, ‘माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौँ तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।’

    अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # गोरखा आउनु जित र हार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology