Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्डको दावी- गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो

प्रचण्डको दावी- गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७९ शनिवार • १८:४८:२४ बजे
  • 448
    SHARES
  • प्रचण्डको दावी- गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको एउटा कालखण्डमा भिडेका कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो नभएको बताएका छन् ।

    images

    गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले अघि भने, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसाममने भिडन्त गरेका पार्टीहरू हौँ ।

    कांग्रेस र माओवादी मुख्य रूपमा ।’ नेपालको इतिहासमा राजनीति रक्षाको जग १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता नै भएको दाबी गर्दै उनले भने, ‘ती दुईवटा पार्टीहरूको बिचमा राजनीति भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ ।

    हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन ।’ शान्ति सम्झौतामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेको बताए ।

    उनले भने, ‘गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो । उहाँले हँसिया हथौडामा भोट हाल्नु हो । अनि तपाईँहरू चाहिँ राजनेता भन्ने अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology