कुवेत - नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनमा देउसी-भैलो कार्यक्रम हुने भएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आगामी २६ अक्टोबर २०२२ का दिन कुवेतको मङ्गाफस्थित मेमोरिस हलमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । कुवेतमा कृयाशील विभिन्न नेपाली संघ-संस्थाहरुद्वारा सामुहिक देउसी-भैलो साथै स्थानीय नेपाली कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति हुने एनआरएनए कुवेतले जानकारी दिएको छ ।
प्रवासमा पनि नेपाली रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जगेर्ना गर्नुको साथै मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने उदेश्यले देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । उक्त मितिमा कुनै पनि कार्यक्रम नजुधाइ दिन पनि सम्बन्धित सबैमा आयोजकले अनुरोध गरेको छ ।
कुवेतमा कृयाशिल विभिन्न संघ - सस्था, समाजसेवी, बुद्दीजिवी, भद्रभलादमी, व्यवसायी, पत्रकार, कलाकार लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनको लागि आयोजकले अनुरोध गरेको छ ।
तपसील:
कार्यक्रम: "देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम"
मिति: २६-अक्टोबर, २०२२(बुधबार)
समय: अपरान्ह ४ बजे देखि १२ बजे सम्म
स्थान: मेमोरी हल, मङ्गाफ ब्लक-४, स्टृट-२४
कार्यक्रम संयोजक:
मोहन कुमार राइ
संस्कृति विभाग प्रमुख (NRNA-NCC Kuwait)
संपर्क नं: +965 6622 3024