Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जोशीको निधनले स्तब्ध : प्रचण्ड

जोशीको निधनले स्तब्ध : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७९ आइतवार • ११:४५:३९ बजे
  • 334
    SHARES
  • जोशीको निधनले स्तब्ध : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको खबरले स्तब्ध भएको बताएका छन् ।

    images

    आइतबार जोशीको निधन लगत्तै विज्ञप्ति जारी गरी उनले निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै गरेका छन् । संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ः९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

    नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न जोशीले गरेको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय रहेको प्रचण्डको भनाइ छ ।

    १०३ वर्षको उमेरमा पनि जाेशीकाे जाेशीको क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्रेरणाको स्रोत बनेर रहने उनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # जोशीको निधनले स्तब्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology