Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे

माधव नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७९ आइतवार • १९:४७:४२ बजे
  • 688
    SHARES
  • माधव नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरे

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् ।

    images

    सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका हुन् ।

    संविधानको रक्षाका लागि वर्तमान गठबन्धनलाई मतदान गर्न जनतालाई अपिल गर्दै अध्यक्ष नेपालले भावी प्रधानमन्त्री पनि गठबन्धनकै नेता हुने बताएका हुन् ।

    मञ्चमा आसीन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाउँदै अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका हुन् ।

    अध्यक्ष नेपालले भने– ‘संविधानको रक्षाका लागि गठबन्धनलाई मतदान गरेर जिताउनुको विकल्प छैन । वर्तमान प्रधानमन्त्री यहीँ हुनुहुन्छ । भावी प्रधानमन्त्री पनि यहीँ छन् त्यसैले गठबन्धनले जित्नुपर्छ ।’

    सत्ता गठबन्धनले मुलुकलाई ठुलो दुर्घटनाबाट बचाएको बताउँदै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको दाबी गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology