Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेरी बढेर आयो इन्धनको मूल्य

फेरी बढेर आयो इन्धनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • ०९:३५:०३ बजे
  • 595
    SHARES
  • फेरी बढेर आयो इन्धनको मूल्य

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य पुन बढेर आएको छ । नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएपनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा ब्रिक्री मूल्यलाई यथावत राखिएको छ ।

    images

    निगमका अनुसार आइतबार आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० रुपैयाँ प्रतिलिटर र हवाई इन्धनमा १०.२५ प्रति लिटरले बढेर आएको छ ।

    अब निगमलाई डिजेलमा प्रतिलिटर ६.४३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ३२५.४४ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा हुने निगमको भनाइ छ । यद्यपि निगम घाटामा भने छैन ।

    अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा आपूर्ति सुचारु राख्न निगमलाई अझैपनि चुनौती देखिएको निगमले जनाएको छ ।

    लामो समयदेखी घाटामा रहेको निगमले नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम अझै तिर्न बाँकी रहेको छ ।

    निगमले पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैकसँग तीन अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology