Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२१०० सालभित्रै गरिबी शून्यमा झर्छ: प्रधानमन्त्री

२१०० सालभित्रै गरिबी शून्यमा झर्छ: प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • ११:४५:४२ बजे
  • 700
    SHARES
  • २१०० सालभित्रै गरिबी शून्यमा झर्छ: प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २१०० सम्ममा गरिबी शून्यमा झार्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

    images

    जसका लागि गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको उनको भनाइ छ ।

    ३०औँ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा सोमबार शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री देउवाले सरकारले २०८७ सालसम्मा गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतभन्दा तल झार्ने बताए ।

    सरकारले गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई एउटा प्रमुख माध्यम बनाई यसलाई उत्पादन र रोजगारीसँग आबद्ध गर्ने नीति लिएको देउवाको भनाइ छ ।

    मुलुकभरका गरिब घर परिवार पहिचान गर्दै गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचय पत्र वितरण गर्ने सरकारको योजना छ । राज्यद्वारा प्रदत्त सेवा सुविधालाई सोही परिचय पत्रसँग आबद्ध गर्ने नीतिलाई सघनता साथ अघि बढाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

    सरकारले तत्काल भूमिहीनता र सुकुम्वासी समस्या समाधान गरी भूमिहीन दलित, गरिब किसान र सुकुम्वासी परिवारलाई न्यूनतम जग्गाको व्यवस्था गर्ने कार्यक्रमलाई अघि बढाइएको छ ।

    मुक्त कमैया, हरुवा चरुवाको गरिबी निवारणका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ र बहु आयामिक गरिबी १७.४ प्रतिशत छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology