Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • १८:३८:५२ बजे
  • 4.3K
    SHARES
  • कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारले कात्तिक १७ गतेअघि आमसभा गरे उम्मेदवारी खारेज हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।

    images

    निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेपछि मात्र आमसभा गर्न पाइने तर, १७ गतेअघि आमसभा गरेमा उम्मेदवारी खारेज हुने बताए ।

    उनका अनुसार अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलो कार्यक्रम गर्न पाइन्छ । तर, अहिले राजनीतिक दलहरुले घरदैलो कार्यक्रम गर्ने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आइरहेको पनि आयुक्त भण्डारीले जानकारी दिए ।

    उनका अनुसार आयोगमा परेका उजुरीको अनुसन्धान सुक्ष्म रुपमा भइरहेको र कठोर भएर कारबाही गरिन्छ । उनले भने, ‘घरदैलो सन्दर्भमा तामझाम गरेर गएको उजुरी आएका छन् ।

    उजुरीमा भोजभतेर गर्न पनि सुरु भएको भनिएको छ । उजुरीको सुक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ । दर्जनौँ स्पष्टीकरण पनि सोधिरहेका छौं । उजुरीहरु स्थानीयस्तरका निर्वाचन अधिकृतहरूबाट कारबाही भयो भने ठीकै छ ।

    यदि त्यहाँबाट पनि कारबाही भएन भने आयोगले कठोर भएर कारबाही गर्नेछ ।’

  • सम्बन्धित विषय:

  • # आयोगको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology