Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेका महासचिवद्वारा कांग्रेस घोषणापत्रको कभर चोरी

एमालेका महासचिवद्वारा कांग्रेस घोषणापत्रको कभर चोरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • १९:०८:३९ बजे
  • 679
    SHARES
  • एमालेका महासचिवद्वारा कांग्रेस घोषणापत्रको कभर चोरी

    नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यका लागि दाङ–२ का उम्मेदवार हुन् । उनलाई कांग्रेसको स्केच चोरी गरेको आरोप लागेको छ । पार्टीको घोषणापत्र लेख्न व्यस्त पोखरेललाई नेपाली कांग्रेसले घोषणापत्रमा प्रयोग गरेको स्केच चोरी गरेको आरोप लागेको हो । महासचिव पोखरेलले १४ अक्टोबर २०२२ मा फेसबुकमार्फत एउटा पोस्टर सार्वजनिक गरेका छन् ।

    images

    आफ्नो तस्बिरसहित पोखरेलले सार्वजनिक गरेको पोस्टरमा प्रयोग गरिएको स्केच नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–७०२४ मा जारी गरेको घोषणापत्रको कभरमा प्रयोग गरिएको स्केचसँग ठ्याक्कै मिल्छ ।

    कांग्रेसले पाँच वर्ष अगाडि घोषणापत्रमा प्रयोग गरेको स्केच महासचिव पोखरेलले जारी गरेको निर्वाचन लक्षित पोस्टरमा देखिएपछि सामाजिक सञ्जालमा स्केच चाेरी गरेकाे आरोप लाग्न थालेको हो ।

    स्केच निक्कै सुन्दर र आशा जगाउने खालको छ । उत्तर चीनतर्फबाट रेल आउँदै छ । दक्षीण तराईतिर ठूला सडक र पहाडी भूभागतिर सुरुङ देखाइएको छ ।

    हिमाल र पहाडलाई पृष्ठभूमि बनाएर धार्मिक तथा सांस्कृतिक सम्पदाहरू देखाइएका छन् । नेपाली जनताको विकास र समृद्धिको चाहनालाई आधार मानेर तयार पारिएको यो स्केच कांग्रेसले पाँच वर्ष अगाडि नै प्रयोग गरेकाले पाँच वर्षपछि प्रयोग गर्दा महासचिव पोखरेललाई स्केच चोरी गरेको आरोप लागेको हो ।

    सार्वजनिक रूपमै स्केच चोरी गरेको आरोप लागे पनि महासचिव पोखरेलले भने यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology