Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शताब्दी पुरुष जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा

शताब्दी पुरुष जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३१, २०७९ सोमवार • १९:१६:०५ बजे
  • 298
    SHARES
  • शताब्दी पुरुष जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन सरकारले भोलि (कात्तिक १ गते) सार्वजनिक बिदा दिएको छ ।

    images

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै भोलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

    जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

    आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology