Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनचाँदीको भाउ बढ्याे

सुनचाँदीको भाउ बढ्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७९ मंगलवार • १३:५५:५४ बजे
  • 400
    SHARES
  • सुनचाँदीको भाउ बढ्याे

    दोस्रो ठुलो पर्व तिहार नजिकिएसंगै नेपाली बजारमा पहेलो धातु सुनको माग बढेको छ ।

    images

    माग बढेसँगै सुनको भाउ पनि घट्बड् भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १०० रुपैयाँँले बढेर कारोबार भइरहेको छ ।

    अघिल्लो दिन सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सुनचाँदी व्यवसायीहरूका अनुसार तिहारको समयमा सामान्य दिनभन्दा दोब्बरले सुनचाँदीको व्यापार बढ्छ । हाल दैनिक मुस्किलले देशभर १५ किलोग्राम सुन खपत भइरहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । तर, तिहारको समयमा भने यसको खपत दोब्बरले बढेर दैनिक ३० किलोग्रामसम्म पुग्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ बढ्याे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology