Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ : ऊर्जामन्त्री

स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ : ऊर्जामन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७९ मंगलवार • १७:२८:५३ बजे
  • 358
    SHARES
  • स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ : ऊर्जामन्त्री

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएका छन् ।

    images

    वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको बताए ।

    ‘स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ’, उनले भने, ‘यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो ।’

    समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उनले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त संघर्ष जारी तथा समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताए ।

    ‘सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ’, उनले भने, ‘प्राप्त उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ ।’

    ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार रहेको बताए । उनले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोडनुपर्ने बताए ।

    ‘व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ’, उनले भने, ‘त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।’

    ललितपुर क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता एकताबद्ध भएर गएमात्र ललितपुरका तीन वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने बताए ।

  • सम्बन्धित विषय:

  • # ऊर्जामन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology