Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रूकुम पश्चिममा माओवादीकै वर्चस्व, जनार्दनको जित सुनिश्चित

रूकुम पश्चिममा माओवादीकै वर्चस्व, जनार्दनको जित सुनिश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७९ मंगलवार • १७:३१:१३ बजे
  • 379
    SHARES
  • रूकुम पश्चिममा माओवादीकै वर्चस्व, जनार्दनको जित सुनिश्चित

    एक मात्रै निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिममा प्रतिनिधिसभातर्फ मुख्यगरी सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेकपा एमालेका नन्दराम देवकोटाले उम्मेदवारी दिएका छन् ।

    images

    गठबन्धनको भागबन्डाका आधारमा रूकुम पश्चिममा प्रतिनिधिसभा र प्रदेशसभा (क)मा माओवादीको भागमा परेको थियो । प्रदेशसभा (ख)मा भने कांग्रेस र माओवादी दुवैको नाम समावेश थियो । प्रदेश (ख)मा दुवै दलको नाम भएपछि रुष्ट भएका कांग्रेसका नेताहरूले बागी उम्मेदवारी दिएका थिए । तर, कांग्रेसका नेताहरूले बागी उम्मेदवारी फिर्ता लिएपछि माओवादीलाई निर्वाचन जित्न झनै सजिलो हुने भएको छ ।

    प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार तथा केन्द्रीय सदस्य मानबहादुर नेपाली र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएपछि अर्थमन्त्री शर्मालाई निर्वाचन जित्न झनै सजिलो भएको राजनीतिक वृत्तमा चर्चा छ ।

    जिल्लाको प्रदेशसभातर्फ क्षेत्र (क)मा कांग्रेसका कृष्णबहादुर रोकायाले पनि उम्मेदवारी फिर्ता लिएका छन् भने (ख)मा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार प्रेमप्रकाश वली बैंकिङ कसुरमा दोषी ठहरिएकाले उनको उम्मेदवारी खारेज भएको छ । पश्चिम रुकुममा गत वैशाखको स्थानीय तह निर्वाचनमा मुसिकोट, चौरजहारी र आठबीसकोट गरी तीन नगरपालिका र बाँफिकोट, त्रिवेणी र सानीभेरी गरी तीन गाउँपालिका छन् ।

    सबैमा नेकपा माओवादी केन्द्रले जितेको छ । एकाध वडाध्यक्ष बाहेक सबैमा माओवादी केन्द्रकै वर्चस्व छ । यसअघि रुकुम एक हुँदा पनि माओवादी केन्द्रको प्रभाव एकछत्र जस्तै थियो । अहिले पनि रुकुम पूर्व र पश्चिम दुवैमा माओवादीको वर्चस्व छ । रूकुम पश्चिममा माओवादीको वर्चस्व अझै केही वर्ष कसैले तोड्न नसक्ने बताइन्छ । माओवादीको वर्चस्व रहेको यहाँ सत्ता गठबन्धनको सथा पाएका शर्माको जित सुनिश्चित जस्तै छ ।

    आगामी मंसिर चार गते हुने निर्वाचनका लागि यहाँ प्रतिनिधितर्फ स्वतन्त्रबाट राजन पाण्डे र तारक केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपककुमार मल्ल र मंगोल नेसनल अर्गनाइजेसनका हरिबहादुर पुनले पनि उम्मेदवारी दिएका छन् । तर उनीहरूको उम्मेदवारी कुनै फरक नपार्ने नेताहरू बताउँछन् ।

    ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पश्चिमबाट शर्मा नै निर्वाचित भएका थिए । वाम गठबन्धनबाट उम्मेदवार शर्माले कांग्रेसका गोपाल शाहलाई १८ हजार ७ सय ४३ मतान्तरमा पराजित गरेका थिए । ०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा पनि शर्माले सानदार मतसहित विजयी भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology