Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच वर्षभित्रमा प्रधानमन्त्री बन्छु- प्रचण्ड

पाँच वर्षभित्रमा प्रधानमन्त्री बन्छु- प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • ११:५०:४३ बजे
  • 751
    SHARES
  • पाँच वर्षभित्रमा प्रधानमन्त्री बन्छु- प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्रमा प्रधानमन्त्री बन्ने बताएका छन् ।

    images

    पत्रकार राजेन्द्र बानियाँसग कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै प्रचण्डले ५ वर्षभित्रै गाेरखाले प्रधानमन्त्री पाउने बताएका हुन् । ‘गाेरखाका जनतालाई सम्मान र सेवा दिन म गएको हो’, प्रचण्डले भने, ‘दुनियाले देख्ने र बुझ्ने गरी काम गरेर गोरखाबाट देशभरी विकासको मोडेल दिन सक्छु ।

    यति काम गरियो भने गोरखाले ५ वर्षभित्रमा प्रधानमन्त्री पाउँछ ।’ बढीगण्डाकी परियोजनालाई समयमै सम्पन्न गर्न मुख्य भूमिका खेल्ने प्रचण्डको भनाइ छ ।

    यस्तै पालुङटारमा सिँचाईको सुविधासहित विकासका परियोजना लाने र त्यहाँको विमानस्थल पनि चलाउने विषय आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

    जडिबुटी प्रशोधन उद्योग खोल्ने, बेनीघाट-लार्के र बारपाकको सडक सम्पन्न गर्ने, कृषिमा आधुकिकरण र व्यावसायीकिकरण गर्ने, रबर उद्योग पुनः सञ्चालन गर्नेलगायतका योजना प्रचण्डले सुनाएका छन् ।

    पृथ्विनारायण शाहले राज्य एकीकरण गोरखाबाट सुरु गरेको, आफूले जनक्रान्तिको नेतृत्व र सुरुवात पनि त्यहीँबाट गरेका कारण अब गोरखाले देशको अर्थतन्त्रलाई नै योगदान दिने उनकाे भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology