Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्लास्टिकका माला र फूल बेचे १ लाखसम्म जरिवाना

प्लास्टिकका माला र फूल बेचे १ लाखसम्म जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • ११:५४:५९ बजे
  • 616
    SHARES
  • प्लास्टिकका माला र फूल बेचे १ लाखसम्म जरिवाना

    तिहार र छठ पर्वमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको बिक्री वितरण गरेको पाइए कारबाही हुने भएको छ ।

    images

    आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्री विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।

    वातावरण विभागले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।

    उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म तथा विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # १ लाखसम्म जरिवाना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology