Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • १६:४३:४८ बजे
  • 529
    SHARES
  • माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

    निर्वाचन आयोगले नेकपा (एकीकृत सजमावदी)का अध्यक्षमाधवकुमार नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीलाई पत्र काटेको छ ।

    images

    आयोगका सहायक न्यायाधिवक्ता प्रकाश घिमिरले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र काट्दै नेपालमाथि कारवाही अघि बढाउन प्रहरीलाई पत्र काटेका हुन् ।

    हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोध्नुको साथै प्रहरीलाई कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो ।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाललाई कारबाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology