Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कमेडियन अपूर्व क्षितिज धरौटीमा रिहा

कमेडियन अपूर्व क्षितिज धरौटीमा रिहा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७९ बिहिवार • १९:२५:४८ बजे
  • 799
    SHARES
  • कमेडियन अपूर्व क्षितिज धरौटीमा रिहा

    कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनी धरौटीमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

    images

    नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दशैंअघि नै १२ दिन थुनामा परिसकेका थिए । उनलाई पुनः पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा लगेको थियो ।

    चार वर्षदेखि धेरै पटक धेरै ठाउँमा नेवार साथीहरूकै माझमा देखाएको स्ट्यान्डअप कमेडीको भिडियो युट्युबमा राख्दा सांस्कृति अभियन्ताले आपत्ति जनाएपछि उनले तत्काल माफी माग्दै भिडियो हटाएका थिए ।

  • सम्बन्धित विषय:

  • # कमेडियन अपूर्व
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology