Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मानुषी जस्ताे इनर्जेटिक मान्छे संसदमा चाहिन्छ:प्रचण्ड

मानुषी जस्ताे इनर्जेटिक मान्छे संसदमा चाहिन्छ:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७९ शुक्रवार • ११:०२:१२ बजे
  • 370
    SHARES
  • मानुषी जस्ताे इनर्जेटिक मान्छे संसदमा चाहिन्छ:प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बच्चा बेलादेखिनै चिनेकाे बताएका छन् ।

    images

    काठमाडौं–७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मानुषीमा सानैदेखि समर्पित भएर मिहेनत गरेर लाग्ने गुण रहेको बताए ।

    ‘त्यसैले मानुषी जस्ता इनर्जेटिक संसदमा चाहिन्छ,’ प्रचण्डले भने, ‘यस क्षेत्रको भावना र विकासको आकांक्षालाई सम्बोधन गर्न उनी सक्षम छिन् ।’ मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छिन् । उनी सहितको टिमले उक्त क्षेत्रको विकासमा टेवा पुर्याउने दाबी प्रचण्डको थियो ।

    प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको पनि बताएका छन् । ‘अहिले मुलुकमा २ वटा गठबन्धन छन् । एउटा अग्रगमन र अर्को पश्चगमन ।

    ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन् । लोकतन्त्र र देशले जित्ने हो कि होइन ? भन्ने जवाफ जनताले दिने बेला भएको छ ।’

    कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तन संभव भएको प्रचण्डको भनाइ छ । काठमाडौं–७ का मतदाता सचेत भएको भन्दै प्रचण्डले नेवार समुदायको कोर एरिया भएको पनि उल्लेख गरे।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology