Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा

४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०७९ शुक्रवार • ११:२१:४३ बजे
  • 781
    SHARES
  • ४५ दिनमै ढल्यो बेलायतको सरकार, प्रधानमन्त्रीद्वारा राजीनामा

    बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् ।

    images

    बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बनेका छन् ।

    उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।

    विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दबाब दिएका थिए । पछिल्लो पटक सांसद शेरिल मरेले सार्वजनिक रूपमा प्रधानमन्त्री लिज ट्रसको राजीनामा मागेका थिए ।

    शेरिल मरे लिज ट्रसको राजीनामा माग्ने समूहमा मिसिने पछिल्लो सांसद थिए । यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए ।

    उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो । राजीनामापछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकारसँग कुरा गर्दै आफू जुन म्यान्डेटसहित सरकारमा आएको त्यो पूरा नगरेपछि पद त्याग्ने निर्णयमा पुगेको बताए ।

    उनले भने, ‘मलाई जुन परिस्थितिमा कन्जर्भेटिभ पार्टीले जस्तो जिम्मेवारी दिएको थियो, त्यो पूरा गर्न नसक्ने निष्कर्षसहित पद त्यागेकी हुँ।’ उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताए । उनले अब कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology