Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हामी चुनाव जित्छौँ, ५ बर्षको कार्य योजनासहित अगाडि बढौँ : गगन थापा

हामी चुनाव जित्छौँ, ५ बर्षको कार्य योजनासहित अगाडि बढौँ : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • १०:४४:५५ बजे
  • 889
    SHARES
  • हामी चुनाव जित्छौँ, ५ बर्षको कार्य योजनासहित अगाडि बढौँ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताएका छन् ।

    images

    काठमाडौं क्षेत्र ४ को निर्वाचन प्रचारप्रसार केन्द्रको कार्यालय उद्धाटन गर्दै उनले नेपाली आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताएका हुन् ।

    उनले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरू लाई पाँच बर्षको कार्य योजनासहित जनतामाझ जान समेत आग्रह गरेका छन् ।

    निर्वाचन आउँन एक महिना रहेकाले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरूलाई चुनाव लक्षित कार्यक्रममा अग्रसर भई नेपाली कांग्रेस तथा गठबन्धनका दलहरूलाई जिताउन समेत मतदाताहरूलाई आग्रह गरे ।

    नेपाली कांग्रेस एउटा निश्चित कार्य योजना सहित अगाडि बढेको परिपेक्षमा परिस्थिति बस गठबन्धन सहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभई निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गरे ।

    हामीले गरेका कामलाई जनताले पक्कै पनि मुल्यांकन गर्ने भएकाले । पाँच बर्ष जस्तो सुकै परिस्थिति आएपनि नेपाली कांग्रेस सत्तामा पुगेपछि राम्रोसँग काम गर्ने समेत थापाले बताए ।

    नेपाली कांग्रेसले निर्वाचनमा कुन कुन पार्टी सँग गठबन्धन गरेका छन् भन्ने कुरा प्रष्ट छ तर, नेकपा एमालेले निर्वाचनमा कुन कुन पार्टी सँगै गठबन्धन गरेको छ भनेर नेकपा एमालेका नेता कार्यकर्ताले समेत बताउन सक्ने अवस्था नरहेको थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology