Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • १०:४६:२६ बजे
  • 388
    SHARES
  • उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

    निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ ।

    images

    आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचनको खर्च विवरण नबुझाएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारलाई शनिबारसम्म खर्च विवरण बुझाउन आयोगले समय दिएको हो ।

    शनिबारसम्मको अन्तिम समयसम्म तोकिएको जरिवाना नबुझाए आयोगले समानुपातिकबाट नाम हटाउने चेतावनी समेत दिएको छ ।

    आयोगले समानुपातिक बन्दसूचीमा रहेका ४ सय ३९ जना उम्मेदवारलाई जरिवाना बुझाउन यसअघि नै सूचना समेत जारी गरेको थियो । उम्मेदवारले शनिबार दिनभर सम्बन्धित कार्यालयमा जरिवाना रकम बुझाउन सक्ने छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology