Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • ११:४७:५७ बजे
  • 658
    SHARES
  • सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

    सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वमा कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ । हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ।

    images

    गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो ।

    लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले भनेको छ । सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैनु, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ ।

    सुडानमा गत वर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology