Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विमानस्थलबाट सुन तस्करी गर्ने आठ जना पक्राउ

विमानस्थलबाट सुन तस्करी गर्ने आठ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७९ शनिवार • १९:०७:२८ बजे
  • 718
    SHARES
  • विमानस्थलबाट सुन तस्करी गर्ने आठ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

    images

    उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ । विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं, भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका–१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

    यसैगरी विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका–७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरि भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology