Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पदभार ग्रहण गर्दै सीले भने- विश्वलाई चीनको आवश्यकता छ

पदभार ग्रहण गर्दै सीले भने- विश्वलाई चीनको आवश्यकता छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७९ आइतवार • १५:१९:४५ बजे
  • 685
    SHARES
  • पदभार ग्रहण गर्दै सीले भने- विश्वलाई चीनको आवश्यकता छ

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

    images

    बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे ।

    ‘तपाईले हामीमा गर्नुभएको विश्वासको लागि म सम्पूर्ण पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । म हाम्रो पार्टी र हाम्रा जनताको ठूलो विश्वासको योग्य प्रमाणित गर्ने वाचा गर्दछु’, राष्ट्रपति सीले भने ।

    ‘विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ,’ उनले अघि भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौँ– द्रुत आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थिरता ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology