Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई संविधान मास्न नदिन गठबन्धन बनेको हो : मेटमणी

ओलीलाई संविधान मास्न नदिन गठबन्धन बनेको हो : मेटमणी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७९ सोमवार • १०:३०:०७ बजे
  • 544
    SHARES
  • ओलीलाई संविधान मास्न नदिन गठबन्धन बनेको हो : मेटमणी

    गठबन्धन सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनको लमही-३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले गठबन्धन समयको माग भएको बताए ।

    images

    नेपालको इतिहासमा बाम लोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको उनको भनाइ थियो । ‘राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरु एक ठाँउमा आउने क्रम सुरु भएको हो ।

    बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौं,’ मन्त्री चौधरीले भने, ‘त्यसपछि ०६२/६३ सालमा फेरि हामी एक ठाँउमा आइपुग्यौँ । केपी ओलीको निरंकुशता र स्वच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि फेरि एक पटक हामीहरु एक ढिक्का भएका छौँ ।

    त्यसकारण सबैले बुझ्न जरुरी छ कि चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन ।’ एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमाले आत्तिन थालेको मन्त्री चौधरीको भनाइ थियो ।

    उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का र समानुपातिक उम्मेदवार लक्ष्मी चौधरीले समेत गठबन्धनका पक्षमा संक्षिप्त मन्तव्य राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # मेटमणी चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology