Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीलाई गणतन्त्र र संघीयता पचेन : माधव नेपाल

ओलीलाई गणतन्त्र र संघीयता पचेन : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७९ सोमवार • १७:३७:१८ बजे
  • 913
    SHARES
  • ओलीलाई गणतन्त्र र संघीयता पचेन : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन अनुरोध गरेका छन् । सोमबार सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    images

    अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाए ।

    उनले भने, ‘शक्तिको मातले संविधानलाई टेरेनन्, विधिलाई कुल्चिए, नियम कानुनलाई टेरेनन्, सबैभन्दा ज्ञान बुद्धि भएको व्यक्ति आफूलाई ठाने भने त्यो भन्दा विडम्बना अरु केही हुँदैन ।’ समाजवादीकै नारा लगाएर प्रधानमन्त्री बनेपछि ओली शासक बनेको उनले आरोप लगाए ।

    उनले भने, ‘हिजो उ (ओली) शक्शिाली थिएँ। समाजवादको नारा लगाएर अगाडि बढेको थियो । लोकतान्त्रिक समाजवादकै नारा लगाएर अगाडि बढेको थियो ।

    जनताको मत लिएर उ प्रधानमन्त्री पनि बनेका थिए तर पछि गएर शासक बने ।’ अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पारे । ओलीलाई गणतन्त्र, संघीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ ।

    जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उनले बताए । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताउँदै उनले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उनको भनाइ छ ।

    उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गरेका छन् । उनले गठबन्धन दल किन बनायौँ भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गरे । उनले भने, ‘विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।’

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology