विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
अन्दाजी २५, ३० वर्षिया महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो ।
असार ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि अस्पताल भर्ना गरेपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ती महिलाको नाम ठेगाना नखुलेको शुक्रबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
महिलाको ११ गते नै स्वाव संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको छ ।