Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

आज बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने तयारी

आज बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७७ सोमवार • १३:३४:३५ बजे
  • 1.0K
    SHARES
  • आज बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने तयारी

    मन्त्रिपरिषद्को नियमित बैठक आज बेलुकी बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने बैठकमा नियमित एजेण्डामा छलफल हुनेछ ।

    images
    मन्त्रालयगत नियमित एजेण्डासँगै राष्ट्रिय सभामा लामो समयदेखि रिक्त एक सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ ।

    नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने बताएका थिए ।

    सहमति जुटेमा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा हिजोमात्रै कार्यकाल सकिएका कुलमान घिसिङलाई नियुक्तिका लागि प्रस्ताव लैजाने स्रोतको दावी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology