Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको साथ, विष्णु पौडेललाई थपियो चुनौती

जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको साथ, विष्णु पौडेललाई थपियो चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०७९ बुधवार • १८:०५:०३ बजे
  • 529
    SHARES
  • जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको साथ, विष्णु पौडेललाई थपियो चुनौती

    सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि केशवबहादुरलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    images


    बुधबार रुपन्देही क्षेत्र नम्बर २ मा बसेको पाँच दलीय गठबन्धनको बैठकले केशवबहादुरलाई समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई चुनौती थपिएको छ । यसअघि राजु गुरुङको उम्मेदवारी खारेजी भएसँगै उनको जित सुनिश्चित जस्तै भएको थियो ।

    यो क्षेत्रमा एमालेको उपाध्यक्षसमेत रहेका पौडेलले यसअघि लगातार तीनपटक जितेका थिए । तर, गठबन्धन भएपछि एमालेृलाई चुनौती बनेको थियो । तर, निर्वाचन कार्यलयले गुरुङको उम्मेदवारी कानुनी रुपमा अयोग्य भएको भन्दै खारेज गरिएपछि पौडेल ढुक्क बनेका थिए ।

     

    केशव को हुन् ?

    रुपन्देही क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर गठबन्धनका साझा उम्मेदवार बनेका छन् । सो पार्टीका कार्यकारी अध्यक्ष रहेका उनी केशव सूर्यवंशी मगरको नामले समेत चिनिन्छन् ।

    जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा उम्मेदवार छन् । पार्टीमा पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देही–२ मा एमालेका उपाध्यक्ष पौडेलसँग अब चुनावी मैदानमा भिड्ने छन् । रुपन्देही–२ राष्ट्रिय जनमुक्ति पार्टीको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology