Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राजेन्द्र लिङ्देनलाई जिताउनु पार्टीको इज्जत हो :ओली

राजेन्द्र लिङ्देनलाई जिताउनु पार्टीको इज्जत हो :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १२, २०७९ शनिवार • १०:५३:३१ बजे
  • 1.1K
    SHARES
  • राजेन्द्र लिङ्देनलाई जिताउनु पार्टीको इज्जत हो :ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् । झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको र एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताएका हुन् ।

    images

    उनले सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी, घुँडा टेकुवा भएको बताए । देशभक्तहरुको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रुपमा अगुवाई गर्ने वताउँदै यस ध्रुवमा देशभक्तहरु एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीको भनाई थियो ।

    ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको वताउँदै झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताए । अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘अदालतको परमादेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन ।

    सरकार भ्रष्टाचार र कमिशनखोर, दलालहरुको चङ्गुलमा छ । गठबन्धनका नेता नै विदेशीहरुका लागि कम्फर्टेवल सरकार हौ भन्दै भाषण गर्दै हिडेकाले जनताले हदैसम्म दुःख पाएका छन् ।’ अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको छ भने ।

    गठबन्धनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गरेका र सत्ता टिकाउन जे पनि गर्ने बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको देश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैमा आग्रह गरे । उनले भने, ‘नेकपा ९एमाले० सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन ।

    यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’ उनले एमाले लगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत निर्देशन गरे । अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ ।

    यो सरकार घरको धुरीमा गिद्ध बस्दा अलछिन लाग्छ भन्ने नेपाली उखान जस्तै देशका लागि अलछिना भएको बताए । झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य भएकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउन राप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन गरे ।

    अध्यक्ष लिङदेनले देशलाई अफ्ठ्यारो परेका बेला एमाले र राप्रपाको सहकार्य हुने गरेको र आफू एमालेको साथमा रहने गरेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology