Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भोट माग्न गाउँ पसे उम्मेदवार

भोट माग्न गाउँ पसे उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • १०:१९:३७ बजे
  • 400
    SHARES
  • भोट माग्न गाउँ पसे उम्मेदवार

    दसैं र तिहार सकिएसँगै उम्मेदवार भाेट माग्न गाउँ पसेका छन् । सत्ता गठबन्धन, एमाले गठबन्धन, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेवार चुनावी प्रतिस्पर्धामा छन् ।

    images

    चाडबाडका समयमा नागरिक बीचमा विभिन्न पार्टी कार्यकर्तासँग छलफल गठबन्धनको बैठक भइरहेको गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रतिनीधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    ‘हामी गठबन्धनका साझा एजेण्डा लिएर चुनावी मैदान होमिएका छौं’, उनले भने, ‘अहिले हामीले गठबन्धन संयुक्त चुनाव प्रचार-प्रसार समिति तथा अन्य काम सकेर नागरिकबीचमा पुगेको छौं ।’

    नेपाली कांग्रेसले माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलसँग तालमेल गरेर चुनावी अभियान जुटेको कांग्रेस प्रदेशसभा (ख) का उम्मेदवार हिक्मतबहादुर विष्टले जानकारी दिए । ‘मैले मेरो निर्वाचन पालिका रहेको नरहरिनाथ गठबन्धनको कार्यक्रम सकेर सान्नी त्रिवेणी गाउँपालिका गठबन्धन दलको बैठक सकेर रास्कोटमा लागेको छु,’ उनले भने, ‘चाडबाड सकियो ।

    कांग्रेसले अहिले सम्पूर्ण शक्ति चुनाव प्रचार–प्रसारमा लगाएको छ ।’ नेकपा (एमाले) प्रतिनिधिसभाका उम्मेदवार नगेन्द्रबहादुर शाहीले पार्टीको एजेण्डा लिएर गाउँगाउँमा मतमाग्ने काम भइरहेको बताए । ‘अहिले म नागरिकका बीचमा छु । पार्टी र मेरो भावी चुनावी घोषणापत्र लिएर प्रचार–प्रसार गरिरहेको छु,’ उनले भने ।

    जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका महेन्द्रबहादुर, एमालेका नगेन्द्र र स्वतन्त्र उम्मेदवार काशीचन्द्र बराल प्रतिस्पर्धामा छन् ।

  • सम्बन्धित विषय:

  • # गाउँ पसे उम्मेदवार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology