Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • ११:२२:४८ बजे
  • 904
    SHARES
  • दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

    सिउल । दक्षिण कोरियाको राजधानी सिउल (सोल) मा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ ।

    images

    एउटा महत्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब एक लाख भीड जम्मा भएको थियो ।

    कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

    द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटल नजिकै बेहोस भएका थिए । एक घण्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो ।

    भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सोलमा भागदौड मच्चिँदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology