Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

व्यापार घाटा तीन खर्ब ५९ अर्ब

व्यापार घाटा तीन खर्ब ५९ अर्ब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • १९:५६:०३ बजे
  • 820
    SHARES
  • व्यापार घाटा तीन खर्ब ५९ अर्ब

    चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ ।

    images

    भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ । सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात रु ४१ अर्ब ८२ करोड बराबरको भएको छ ।

    आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कूल रु पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै रु चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ ।

    यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो ।

    गत आवमा रु चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई रु चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको हो ।

    यस्तै, गत आवको तीन महिनामा रु ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर रु ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो ।

  • सम्बन्धित विषय:

  • # घाटा तीन खर्ब ५९ अर्ब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology