Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वामदेव गौतम र पम्फा भुसालबीच भेटवार्ता

वामदेव गौतम र पम्फा भुसालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७९ आइतवार • २०:०७:४२ बजे
  • 730
    SHARES
  • वामदेव गौतम र पम्फा भुसालबीच भेटवार्ता

    ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले उनलाई भेटेका हुन् ।

    images

    एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् ।

    उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेका हुन् ।

    सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिष्कार गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology