Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७९ सोमवार • १०:०३:०४ बजे
  • 613
    SHARES
  • अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।

    images

    भैरहवास्थित विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडान बन्द गर्ने निर्णय गरेको हो ।

    प्राधिकरणले विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको छ । गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि यस्तो कदम चालेको हो ।

    प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्ससहित ३ विदेशी हवाई कम्पनीलाई गौतमबुद्ध विमानस्थलमा दैनिक १ उडान गर्न निर्देशन दिएको छ ।

    त्रिभुवन विमानस्थलमा नेपाल वायुसेवा, हिमालय एअरलाइन्स, एअर अरेबिया, कतार एअरवेज, फ्लाई दुबईले दैनिक ३ भन्दा बढी उडान गरिरहेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology