Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीको घोषणापत्र : काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल

माओवादीको घोषणापत्र : काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७९ सोमवार • १६:४८:४६ बजे
  • 880
    SHARES
  • माओवादीको घोषणापत्र : काठमाडौं उपत्यकामा मोनो र मेट्रो रेल

    नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

    images

    माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै काठमाडौं उपत्यकामा मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने प्रतिबद्दता जनाएको छ ।

    त्यस्तै, माओवादीले काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवी खोला र मनोहरा करिडोरमा मोनो रेलको निर्माण कार्य अघि बढाउने जनाएको छ ।

    चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोट-साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाउने पनि घोषणापत्रमा उल्लेख छ ।

    माओवादी केन्द्रले अतिरिक्त पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायतका मुख्य सहरमा मेट्रो र मोनो रेल, ट्रली लगायतका आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कार्य योजनाबद्ध रुपमा थालनी गरिने प्रतिबद्धता जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology