Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आउँदो निर्वाचनमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था

आउँदो निर्वाचनमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७९ सोमवार • १६:५८:२९ बजे
  • 568
    SHARES
  • आउँदो निर्वाचनमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था

    नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

    images

    माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने जनाएको छ ।

    आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरूले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिने जनाएको छ ।

    ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

    सरकारी तलब स्केलअनुसार मजदुर तथा श्रमिकहरूको ज्याला स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली लागु गर्ने, सामाजिक सुरक्षा कोषमा राज्यको तर्फबाट गरिने लगानी वृद्धि गर्दै लैजाने, श्रमिकहरूको जीवनयापनलाई सहज तुल्याउन नमुनाको रूपमा केही कार्यस्थलमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology