Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७९ बुधवार • १०:१४:२८ बजे
  • 613
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा डब्ल्यूएचओका शीर्ष अधिकारी निलम्बित

    न्युयोर्क । गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ।

    images

    इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको बताएकी थिइन्।

    अक्टोबर १६ देखि १८ सम्म भएको उक्त कार्यक्रम डब्लुएचओले संयुक्त रुपमा आयोजना गरेको हो ।

    जेम्सले उक्त समयमा घटना रिपोर्ट गर्ने योजना बनाएको बताइन्। कथित अपराधी बिदामा छ र अनुसन्धान चलिरहेको छु, डब्ल्यूएचओका प्रवक्ताले जेम्सको बयानको बारेमा रोयटर्सलाई भने ।

    आरोपितको नाम गोप्य राखिएको छ । बर्लिन कार्यक्रमको अर्को आयोजक डब्लूएचएस फाउन्डेशन जीएमबीएचले आरोपहरूको तत्काल छानबिन गर्न माग गरेको छ ।

    यसैबीच डब्लूएओले सो घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । ‘डब्ल्यूएचओले यस मुद्दामा अनुसन्धानको नेतृत्व गरिरहेको छ’, डब्ल्यूएचएस फाउन्डेसनका प्रबन्ध निर्देशक डा जोर्ग हेल्डम्यानले विज्ञप्तिमा भने।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology