Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७९ बुधवार • ११:३७:०२ बजे
  • 508
    SHARES
  • ट्वीटर भेरिफाइडका लागि मासिक ८ डलर तिर्नुपर्ने

    समाजिक सञ्जाल ट्वीटर अकाउण्ट भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ ।

    images

    ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गरेका हुन्।

    गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गरेका छन् ।

    शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उनको भनाइ छ । अहिलेसम्म राजीतिक नेताहरु, कलाकारहरु, धनाढ्य ब्यापारीहरु, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाईन फर्म भर्ने प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् ।

    त्यसलाई मस्कले मालिक र मजदुर जस्तो ब्यवहार भन्दै आलोचना पनि गरेका छन् । आलोचकहरुले भने मासिक शुल्क उठाउने प्रक्रिया सजिलो र ब्यवहारिक नभएको भन्दै मस्कको आलोचना गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology