Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली परिवर्तन उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

ओली परिवर्तन उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७९ शुक्रवार • १३:१३:४५ बजे
  • 490
    SHARES
  • ओली परिवर्तन उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको बताएका छन् ।

    images

    शुक्रबार गोरखामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेर परिवर्तन उल्टाउने दाउमा लागेको आरोप लगाएका हुन् ।

    गठबन्धन दलको चुनावीसभभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए । संविधानसभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेको, होइन रहेछ ।

    ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन् ।’ कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको पनि उनले बताए । साथै, ओलीको प्रतिगमन आफूहरुको ठुलो संघर्षबाट परास्त गर्न सफल भएको उनको भनाइ थियो ।

    अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ । अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ ।’

    आगामी निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाइँ भएको समेत प्रचण्डले बताए । पश्चगमनलाई परास्त गर्नका लागि भएपनि गठबन्धनले जित्नु आवश्यक रहेको उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology