Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म बाहेक अरु सँग देश बनाउने कुनै किसिमको मिसन–भिजन नै छैन:ओली

म बाहेक अरु सँग देश बनाउने कुनै किसिमको मिसन–भिजन नै छैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७९ शनिवार • १३:५३:२८ बजे
  • 634
    SHARES
  • म बाहेक अरु सँग देश बनाउने कुनै किसिमको मिसन–भिजन नै छैन:ओली

    नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारसँग देश बनाउने कुनै किसिमको मिसन–भिजन नै नभएको बताएका छन् ।

    images

    प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई शनिबार उद्घाटन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको गठबन्धन स्वार्थको गठजोडबाट बनेको समेत आरोप लगाए ।

    उनले भने, म बाहेक ‘वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसिन, भिजन र गन्तव्य नै छैन । यो स्वार्थमा बनेको गठजोड मात्र हो ।’ उनले आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने पनि बताए ।

    ओलीले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने अवस्था आइसकेको भन्दै दिशाहीन रहेको पार्टीहरूलाई सरकारमा ल्याउने कि भिजन भएको पार्टीलाई सरकारमा ल्याउने ? भन्दै प्रश्न गरे ।

    साथै, उनले गठबन्धन दलका चुनावी घोषणापत्रमा केही नभएको भन्दै ती दलहरुमा भिजन नै नभएको समेत बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology