Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७९ शनिवार • १३:५७:०८ बजे
  • 496
    SHARES
  • निर्वाचन बिथोल्न २३ समूह सक्रिय भएको गृहको निष्कर्ष

    मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।

    images

    विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन बहिस्कार गरिरहेका विभिन्न २३ समुह निर्वाचन बिथोल्न सक्रिय रहेको जानकारी दिएका हुन् ।

    ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५-७ जना मात्रै पनि छन् ।

    कुनै समूहमा धेरै संख्या पनि छ ।’ प्रवक्ता पोखरेलले निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरूका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए ।

    उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।

    निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा रहेकाे बताउदै उनले मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने बताए ।

    पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology