Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७९ शनिवार • १७:२३:०६ बजे
  • 331
    SHARES
  • निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

    मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।

    images

    निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए ।

    उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए ।

    यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ ।

    इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए ।

    कार्यकारी निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology