Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेलापातमै भोट माग्दै उम्मेदवार

मेलापातमै भोट माग्दै उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७९ आइतवार • ११:२४:४१ बजे
  • 532
    SHARES
  • मेलापातमै भोट माग्दै उम्मेदवार

    कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो ।

    images

    धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् । कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताउनुभयो । “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।”, उहाँले भन्नुभयो, “दुई महिना त बाली लगाउने महिना हो ।

    त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।” गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् । रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भन्नुभयो, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उहाँले भन्नुभयो, “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”

    दलकाहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचालझरना गाउँपालिका–१ सिकुका रामबहादुर बोगटीले बताउनुभयो । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उहाँले भन्नुभयो, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।”

    मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा ९एमाले०का कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिनुभयो । “मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् ।

    सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उहाँले भन्नुभयो, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहनुभएको छ ।” मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताउनुभयो ।

    “दलका उम्मेदवारले मतदातासँग अन्तक्र्रिया तथा छलफल गर्न पाउनुभएन भने राम्रो उम्मेदवार छान्न पनि सकस हुन्छ”, उहाँले भन्नुभयो, “मतदानमा मत पनि बढी बदर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology