Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रोल्पामा कांग्रेसलाई जिताउने माओवादीको जिम्मा छ : वर्षमान पुन

रोल्पामा कांग्रेसलाई जिताउने माओवादीको जिम्मा छ : वर्षमान पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७९ आइतवार • १६:३१:३३ बजे
  • 1.0K
    SHARES
  • रोल्पामा कांग्रेसलाई जिताउने माओवादीको जिम्मा छ : वर्षमान पुन

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले ओली तन्त्रबाट देशलाई मुक्ति गर्न वर्तमान गठबन्धन बनेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उनले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने समेत बताए ।

    images

    उनले अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम रहने बताएका हुन् । नेता पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत काम गर्दै न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको उनको आरोप छ ।

    उनले विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गएपनि लक्ष्यअनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको उनको भनाइ छ ।

    रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए । रोल्पाको प्रदेश (ख)मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् ।

    राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिएको बताए । ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौं । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं’ उनले भने, ‘शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन ।

    आपसमा मेलमिलाप गरेका छौं । रोल्पालाई अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौं ।’

  • सम्बन्धित विषय:

  • # वर्षमान पुन अनन्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology