Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वतन्त्र उम्मेदवार पक्षधरलाई कांग्रेस कैलालीले सोध्यो स्पष्टीकरण

स्वतन्त्र उम्मेदवार पक्षधरलाई कांग्रेस कैलालीले सोध्यो स्पष्टीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७९ सोमवार • १०:४७:४८ बजे
  • 520
    SHARES
  • स्वतन्त्र उम्मेदवार पक्षधरलाई कांग्रेस कैलालीले सोध्यो स्पष्टीकरण

    नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवारको पक्षमा लागेका नेता तथा कार्यकतालाई स्पष्टीकरण सोधेको छ ।

    images

    पार्टीका आधिकारिक उमेदवार डिल्लिराज पन्तका विरुद्धमा उम्मेदवारी दिएका पुष्करनाथ ओझाको पक्षमा लागेको भन्दै पूर्वजिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हाे ।

    नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्वसचिव कुँवर, महाधिवेशन प्रतिनिधि गौरी लामा र भीमबहादुर शाहलगायतका नेताहरुसँग स्पष्टीकरण मागिएको जानकारी दिए ।

    उनका अनुसार पूर्वमहासमिति सदस्य आन्नदराज जोशी, छत्रराज जोशी र बब्लु चौधरी, क्षेत्रिय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिँहलगायत नेतालाई स्पष्टीकरण सोधिएको छ ।

    भुसालका अनुसार वडा कमिटिदेखि नगर, क्षेत्र र जिल्लास्तरसम्मका दर्जनौँ नेता, कार्यकर्तालाई पार्टीका आधिकारिक उमेदवारविरुद्ध लागेको पाइएपछि स्पष्टीकरण मागिएको हो ।

    उनीहरूलाई पार्टीका उमेदवारविरुद्ध लागेकाले अनुशासनको कारबाही किन नगर्ने ? भनेर प्रश्न गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा मात्र १४ जना स्थानीय नेतालाई स्पष्टीकरण सोधिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology